‘रोनाल्डो कमजोर भएका छैनन्, ४० वर्षसम्म खेल्न सक्छन्’

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब चेल्सीका पुर्व फुलब्याक पाउलो रेनाटो फेरेराले आफ्नो पुर्व सहयात्री तथा आधुनिक फुटबलका हस्ती सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४० वर्षसम्म व्यवसायिक फुटबल खेल्न सक्ने बताएका छन् ।

पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो अहिले ३५ वर्षमा रहेपनि उनले अझै ५ वर्ष उस्तै किसिमबाट व्यवसायिक फुटबल खेल्न सक्ने बताएका हुन् । ४१ वर्षे फेरेराले २००४ देखि २०१० को बीचमा रोनाल्डोसँगै ४ ठुला प्रतियोगितामा खेल्ने अवसर पाएका थिए ।

‘रोनाल्डो अहिले ३५ वर्षका छन् । यो उमेरमा खेलाडीहरु सन्न्यासको नजिक हुन्छन् । तर, पनि उनको गोल गर्ने क्रम उस्तै छ । उनी निकै घातक छन् ,’ गोलसँगको अन्तर्वार्तामा फेरेराले भने, ‘एक महिनाअघि उनले सिरी ‘ए’ मा लगातार ११ खेलमा ११ गोल गर्दै कीर्तिमानलाई बराबरी गरेका छन् । यो उनको फिनिसर्स शैली हो । उनी कमजोर भएका छैनन् । झनै बलियो र फिनिसर बनिरहेका छन् ।’

यस्तै फेरेराले यो समयमा अन्य फरवार्डहरु सन्न्यास लिइसकेका हुने तर, रोनाल्डोले भने अझै ५ वर्ष खेल्ने सक्नेमा विश्वस्त रहेको बताए । ‘म रोनाल्डोलाई लामो समयदेखि चिन्छु । उनको दृष्टिकोण, उनको पेशामा उनी निकै मिहेनेती छ । मिहेनत र लगाव अनुसार उनको शरीरले अझै पाँच वर्षसम्म खेल्ने सक्ने क्षमता छ । उनी अझै महत्वपुर्ण खेलाडी रहेको छ ।’

रोनाल्डोले यो सिजन युभन्टेसबाट सबै खेलमा २५ गोल गरेका छन् । फेरेराले रोनाल्डोले २०२१ को युरोकप र २०२२ को विश्वकपमा नेतृत्व गर्ने समेत बताएका छन् । फेरेराले २००४ देखि २०१३ सम्म चेल्सीबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले पोर्चुगलबाट २००२ बाट २०१० सम्म ६२ अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए ।

प्रकाशित : शनिबार, चैत ०८, २०७६०९:२३

कोरोना भाइरसबाट रियलका पूर्व अध्यक्षको मृत्यु