आज थप ३२३ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – आज ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट शुक्रबार ३ सय २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा विभिन्न जिल्लाका ३ सय २३ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

बितेको २४ घण्टामा कोरोना पुष्टि भएकाहरुमा २ सय ८६ पुरुष र ३७ जना महिला रहेका छन् । शनिबार नयाँ पुष्टिसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ।

नेपालमा थप ३२ जना डिस्चार्ज भएका छन्। बितेको २४ घण्टामा जनकपुर अस्पतालमा उचपाररत १५ जना, बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्तपालबाट ४ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेत अस्पातलबाट ७ जना गरी ३२ जना निको भएर घर फर्किएका हुन्। यससँगै नेपालमा संक्रमण जितेर घर फर्किनेको संख्या ३६५ पुगेको छ।

प्रकाशित : शनिबार, जेठ २४, २०७७११:०१

“कोरोना भाइरस दुष्ट आत्मा हो, मन्साउनु पर्छ” भन्छन् पादरीहरु ! यस्तो छ उनीहरुको विधि ! [भिडियो]