“कोरोना भाइरस दुष्ट आत्मा हो, मन्साउनु पर्छ” भन्छन् पादरीहरु ! यस्तो छ उनीहरुको विधि ! [भिडियो]

एजेन्सी – चीनबाट शुरु भएर विश्वव्यापी रुप लिएको कोरोना भाइरस संक्रमणका कारण विश्वका अधिकांश देश प्रभावित भएका छन्। कोरोनाका कारण आर्थिक र सामाजिक कार्य मात्र नभई धार्मिक कार्यहरु पनि प्रभावित भएका छन्।

तर, कोरोना भाइरस संक्रमणका बीच पनि फिलिपिन्सको राजधानी मनिलामा भने पादरीहरुले धार्मिक कार्य जारी राखेका छन्। उनीहरु कोरोनाभाइरसबाट मृत्यु भएका मानिसको अन्तिम संस्कारमा सहभागी हुने गरेका छन्।

यसको लागि उनीहरुले उनीहरू व्यक्तिगत सुरक्षा परिधान पीपीईको प्रयोग गर्ने गरेका छन्। एक हातमा होलीवाइनका र कोलिफर्मको स्प्रे र यिसुको क्रस बोकेर केही पादरीहरू पीपीई लगाएर मृतकको घर र शवदाहगृहमा पुग्ने उनीहरुको दिनचर्या छ।

कोरोनाभाइरस ‘मन्साउन’ र शवको अन्तिम संस्कारको व्यवस्था गरिने स्थान चोख्याउन भन्दै उनीहरुले होलीवाइन छर्कने गरेका छन्। बिबिसीका अनुसार पादरीहरु कोरोना भाइरस फैलाउनु दुष्ट आत्माको काम भएको मान्छन्।

प्रकाशित : आइतबार, जेठ २५, २०७७०५:२२

हिमालय एयरलाइन्सको चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक ! कुन देशको कति ? [भाडादर सहित]