जब छोराले सौतेनी आमा भगाएर पितालाई नै सौता बनाइदिए…

एजेन्सी – आफ्नै श्रीमानका जेठो छोरासँग भागेकी इन्स्टाग्राम स्टार उसैबाट गर्भवती भएकी छन्। मारिना बालमाशेभा नाम गरेकी ३५ वर्षीय महिला उनी आफ्नै सौतेला छोराबाट गर्भवती भएकी हुन्।

इन्स्टाग्राममा ४ लाख भन्दा बढी फलोवर्स भएकी उनी आफैंले आफू पूर्वपतिको छोरा भ्लादिमीर ‘भोभा’ शाभीरिनसँगको सम्बन्धबाट गर्भवती भएको खुलासा गरेकी छन्। भोभा सात वर्ष हुँदा देखि मारिना उनकी सौतेनी आमा थिइन। तर, अहिले आएर उनी भोभासँग सम्बन्धमा छिन्।

श्रीमानलाई छोरासँगको सम्बन्धबाट गर्भवती बनेको सामाजिक संजाल मार्फत उनी आफैंले सार्वजनिक गरेकी थिइन्। अहिले उनी अन्तराष्ट्रिय संचार माध्यमहरुमा समाचारको विषय बनिरहेकी छन्।

बताइएअनुसार, भोभा १९ वर्षको भएपछि उनीहरुको सम्बन्ध शुरु भएको थियो। विश्वविद्यालयको विदामा भोभा घर आएका बेला आफूहरु बीच प्रेम शुरु भएको मारिना बताउँछिन्। घरको काममा सहयोग गर्ने र राम्रो हेरचाह गर्ने भोभाको व्यवहारले आफूलाई आकर्षित गरेको उनको भनाई छ।

उता भोभाका पिता अलेक्सी शाभीरिन आफ्नो छोरालाई मारिनाले सम्मोहित गरेको बताउँछन्। आफ्नो छोरालाई मारिनाले आफ्नो जालमा फसाएको उनको आरोप छ। छोरा भोभा यस्तो गर्नै नसक्ने उनको भनाई छ।

“त्यसले मेरो छोरालाई फसाई, सम्मोहित गरी। मेरो छोरा त्यस्तो थिएन। यस अगाडी उसको कुनै प्रेमिका पनि थिएनन्,”,क्रोधित अलेक्सी भन्छन्,”म निदाएपछि मेरो छोरा सुतेको ठाउँमा जान्थी र पछि लुसुक्क आएर फेरी मसँग सुत्थी। अरुसँग भागेको भए केहि थिएन। तर, मेरै छोरासँग भागेर त्यसले ठूलो गल्ती गरी।” अतिनै भएपछि मारिनासँग सम्बन्ध विच्छेद गरेको उनको भनाई छ।

आफ्नै पतिको छोरासँगको सम्बन्ध सार्वजनिक गरेपछि अहिले उनको सामाजिक संजालमा आलोचना भइरहेको छ। अनैतिकताको पर्याय भन्दै उनी माथि गालीको वर्षात भैरहेको छ।

प्रकाशित : शनिबार, असार १३, २०७७०४:५१