भारतमा बढ्दै कोरोना संक्रमित, दैनिक संक्रमणमा बन्यो नयाँ रेकर्ड !

काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्याले रेकर्ड बनाएको छ। आइतबार हाल सम्मकै बढी ५० हजार ५ सय २५ नयाँ कोरोना संक्रमित फेला परेसँगै नयाँ रेकर्ड बनेको हो। भारतमा एकै दिन ५० हजार भन्दा बढी कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो।

सांकेतिक तस्विर

विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारत कोरोनाबाट अतिप्रभावित तेस्रो मुलुक हो। भारतले १ करोड ६२ लाख भन्दा बढी नागरिकमा कोरोना परीक्षण गरेको छ।

यो समाचार तयार पार्दा सम्म त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ। भारतमा सक्रिय संक्रमित भन्दा निको हुने संक्रमितको संख्या धेरै छ।

अहिले सम्म त्यहाँ ९ लाख भन्दा बढी कोरोना संक्रमित निको भइसकेका छन्। भारतमा सक्रिय कोरोना संक्रमित संख्या ४ लाख ८४ हजार ५ सय हाराहारीमा छ।

यस्तै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि लगातार बढीरहेको छ। बितेको २४ घण्टामा त्यहाँ ७ सय १६ जनाले ज्यान गुमाएका छन्। जससँगै भारतमा ज्यान गुमाउनेको संख्या ३२ हजार ८ सय १२ पुगेको छ।

प्रकाशित : सोमबार, साउन १२, २०७७०४:१२