ग्रह-गोचर : एकादशीको दिन बृहस्पतिको चालमा बदलाव आउने, ४ राशिको लागि शुभ

काठमाडौँ : १३ सेप्टेम्बर यानी कि भाद्र २८ गते इन्दिरा एकादशी व्रतको दिन देव गुरु बृहस्पतिको चालमा बदलाव हुनेछ। ज्योतिषाचार्यका अनुसार बृहस्पति ग्रह १२२ दिन बक्री स्थितिमा रहेपछि आउँदो आइतबार मार्गी हुनेछ। मार्गी यानी सिधा चालमा परिक्रमण गर्नेछ। धार्मिक काम, बौद्धिक क्षमता, पद-प्रतिष्ठा र मान-सम्मानका कारक ग्रह गुरु मार्गी हुँदाको असर देश-दुनियासहित सबै राशिहरुमा पर्नेछ। गुरु बृहस्पतिलाई सौम्य ग्रह मानिन्छ। जहाँ यसको दृष्टि हुनेछ त्यहाँ अशुभ ग्रहको असर कम हुन्छ। विभिन्न चिजहरु अनुकूल हुन्छन्, यसकारण बृहस्पतिको दृष्टिलाई पनि अत्यन्तै शुभ मानिन्छ। ४ महिनापछि बृहस्पतिको चालमा बदलाव हुने भएकोले सबै राशिहरुमा यसको खास असर पर्नेछ।

मङ्सिर ५ गतेसम्म यानी २० नोभेम्बरसम्म रहनेछ बृहस्पतिको असर
भाद्र २८ गते आइतबार गुरु धनु राशिमा मार्गी हुनेछ। यो भन्दा अघि २०७६ चैत १७ गते बृहस्पति मकर राशिमा थियो । फेरी यहीँ वर्ष जेठ १ गते बक्री भएको थियो। यानी सुस्त गतिमा परिक्रमण गर्न लागेको थियो। यसरी बक्री भएर असार १६ गते यो ग्रह आफ्नै राशि यानी धनुमा आएको थियो। अब भाद्र २८ गतेदेखि फेरी मार्गी हुनेछ। यानी बृहस्पति ग्रह सिधा चालमा चल्नेछ र मङ्सिर ५ गतेसम्म मकर राशिमा नगएसम्म मार्गी रहनेछ।

देश-दुनियाँ र मौसममा असर
बृहस्पति मार्गी भएसँगै व्यापार-व्यवसायमा तीव्रता आउने सम्भावना छ। गरगहनासम्बन्धी व्यवसायमा यस ग्रहको राम्रो असर हुने आशा गरिएको छ। देशमा शैक्षिक तथा धार्मिक क्षेत्रसँग सम्बन्धित फैसला हुने योग बनेको छ। बृहस्पतिको चालमा बदलाव आउँदा मुलुकको केही भूभागमा वर्षा हुनेछ। त्यस्तै केही ठाउँमा गर्मीले उकुसमुकुसको माहोल हुनेछ। ठुलो राजनीतिक उलटपुलट हुने सम्भावना छ।

४ राशिको लागि शुभ
धनु राशिमा बृहस्पतिको मार्गी चालले मेष राशि, मिथुन राशि, सिंह राशि र वृश्चिक राशि वालाहरुका लागि समय शुभ रहनेछ। यी ४ राशि वालाले आफ्नो कामकाजमा किस्मतले साथ दिएको अनुभव गर्नेछ। प्रत्येक दिन गरिने काम समयमै पूरा हुनेछन्। प्रगति पथमा तपाई लम्कनुहुनेछ। ठुल्ठुला कामका योजनाहरु बन्नेछन् र त्यसबाट फाइदा पनि मिल्नेछ। धन लाभ हुनेछ र सुनौलो अवसरका ढोकाहरु खुल्नेछन्।

८ राशि वालाहरु होश गर्नुहोला
बृहस्पतिको कारण वृष, कर्कट, कन्या, तुला, धनु, मकर, ,कुम्भ र मीन राशि वाला मानिसहरुले विशेष सावधानी अपनाउनुपर्नेछ। यी ८ राशिका जातकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। हतारो नगरेकै उपयुक्त हुनेछ। सोचविचार गरेर बोल्दा तपाईको भलो हुनेछ। कुराकानीको क्रममा कुनै राजको कुरा उजागर हुन् सक्छ। जब र बिजनेसमा मेहनतको मल सोचेजति पाउनुहुन्न। दैनिक कामकाजमा अनावश्यक प्रतिकूल निर्णय लिनसक्ने आशंका छ। धन हानिको योग बनिरहनेछ।

प्रकाशित : बुधबार, भदौ २४, २०७७०९:४९