‘गेम अफ थ्रोन्स’ की यी चर्चित अभिनेत्रीको निधन!

चलचित्र ‘गेम अफ थ्रोन्स’ की  चर्चित अभिनेत्री डायना रिगको ८२ वर्षको उमेरमा निधन भएको छ । एक लीडिंग टेबलाइको  रिपोर्ट अनुसार  डायनाको क्यान्सरको कारण मृत्यु भएको हो । रिपोर्ट अनुसार डायनाले बिहिबार अन्तिम सास लिएकी थिइन्। यस क्रममा उनी आफ्नो परिवारसंग थिइन्।

यस कुराको जानकारी डायनाको छोरी राचेल स्टर्लिले दिदै भनिन् ,”मेरी प्यारी आमा आज बिहान घरमा परिवारको अगाडी सधैँको लागि  शान्तिको निन्द्रामा  सुतेकी छन् । हामीलाई मार्चमा थाहा भयो कि उहाँलाई क्यान्सर भएको  छ। उनले आफ्नो अन्तिम महिना निकै खुशीसँग बिताईन्। मसँग कुनै पनि शब्द छैन कि म उहाँलाई कति सम्झिरहेकी छु।’

डायना रिगको  जन्म यूकेमा भएको थियो।  उनको  पिता बीकानेर महाराजासँग  रेलवे इंजीनियर काम गर्थे। उनी ८ वर्षको उमेरसम्म भारतमा रहेर इंग्ल्यान्ड फर्किएकी थिइन्। डायनाको  निधनमा  शोक व्यक्त गर्दै  जेम्स बन्डले पनि ट्वीट गरे। जुनमा डायनाको एक तस्विर पोस्ट गर्दै लेखे ,’डायना रिगको  निधनको बारेमा सुनेर हामी निकै दुखित भयौ। थिएटर तथा  स्क्रीन एक्ट्रेस  ‘डायना रिगलाई  टीवी सीरीज  गेम अफ थ्रोंसमा  ओलेन्ना टाइरेलको रोलबाट मिलेको थियो। उनको रोललाई दर्शकले माया गरेको थियो।

प्रकाशित : आइतबार, भदौ २८, २०७७११:१७

हलिउडका यी चर्चित अभिनेताको निधन!