यसकारण अनुष्का शर्माले प्रभासको ‘आदिपुरुष’ बाट निकालिन हात!

बलिउडको कोरीडोरबाट  केहि दिन पहिले यस्ता समाचार आएको थियो कि निर्देशक ओम राउतले  आफ्नो आगामी फिल्म  ‘आदिपुरुष’ को लागि अनुष्का शर्मालाई अप्रोच गरिएको थियो र उनलाई फिल्मको कहानी पनि मनपरेको थियो।

अनुष्का शर्मा फिल्म ‘आदिपुरुष’ को लागि निर्देशक ओम राउतको पहिलो विकल्प थियो। अनुष्काले यो फिल्मको शुटिंग आफ्नो डेलिभरी पछि गर्ने कुरा थियो । तर अहिले खबर आएको छ कि अनुष्काले बिग बजेटको यो फिल्म साइन गरेकी छैनन् र यसको कारण उनको प्रेग्नेंसी हो।

यस फिल्मसंग जोडिएको एक स्रोतको अनुसार अनुष्काले कलाकार प्रभासको फिल्म ‘आदिपुरुष’ नगर्ने भएकी छिन्। उनि आफ्नो बच्चालाई जन्म दिएपछि २०२१ अप्रिलबाट फिल्ममा फर्किनेछिन्। उनी चाँडै नै ठूलो घोषणा गर्ने छिन तर यसको ‘आदिपुरुष’ सँग कुनै सरोकार छैन। अनुष्का ‘आदिपुरुष’ को हिस्सा होइन। फिल्मको निर्मातासंग पनि उनको कुनै कुरा भएको छैन।

डायरेक्टर ओम राउत जनवरी २०२१ बाट आफ्नो आगामी फिल्म ‘आदिपुरुष’ को शुटिंग शुरु गर्नेछन्। यस फिल्ममा प्रभासको साथै सैफ अलि खान पनि देखिनेछन्।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७०७:३२

अभिनेत्री उषा स्कूटर दुर्घटनामा परी घाइते!