के तपाईलाई रातिमा निन्द्रा नलाग्ने समस्या छ? त्यसोभए खानुहोस यी ७ चीज!

राम्रो स्वास्थ्यको लागि  निन्द्रा निकै जरुरि रहेको छ। निन्द्रा पुरा हुनाले बिरामी पनि  हुदैनौ । दिमागलाई  दुरुस्त राख्छ र  इम्यून सिस्टमलाई पनि मजबूत राख्छ। राम्रो स्वास्थ्यको लागी ८-९ घन्टा सुत्न जरुरि रहेको छ। तर केहि मान्छेहरुलाई  राति राम्रोसँग निन्द्रा आउदैन र जसकारण पुरै सिस्टम बिग्रिन्छ। राम्रो  निन्द्राको लागि  डाइट मिलाएर खानुपर्छ।

१. बदाम – बदाम स्वास्थ्यको लागि  निकै फाईदादायक रहेको छ। बदाममा थुप्रै  पोषक तत्व पाईन्छ। डायबिटीज र मुटु सम्बन्धि बिरामी ठिक पनि हुन्छ।  बदाम खानाले शरीरमा  मेलाटोनिन हार्मोन बाँच्छ जसकारण  निन्द्रा आउँछ। यस बाहेक बदाम म्याग्नेशियमको पनि राम्रो स्रोत रहेको छ।

२. चेरीको  जूस – चेरीको  जूस निकै फाईदादायक मानिन्छ। यसमा भरपुर  मात्रामा म्याग्नेसियम  र फस्फोरस पाईन्छ। यो पाटाशियमको एक राम्रो स्रोत हो।  यो बाहेक यसमा एंटीअक्सीडेंट, एंथोकायनिन र फ्लेवोनोल्स पाईन्छ। निन्द्रा नआउने  समस्यामा चेरीको  जूस निकै  लाभकारी मानिन्छ।

३. मोटो माछा – साल्मन, ट्यूना, ट्राउट र म्याकेरल जस्ता माछा स्वास्थ्यको लागि फाईदादायक रहेको छ।  यसमा  भरपूर मात्रामा ओमेगा ३ र भीटामिन डी  पाईन्छ। यी दुवै चीजले शरीरमा सेरोटोनिन हार्मोन बनाउछ र निन्द्रा आउँछ। खानुभन्दा पाहिला फ्याटी  फिश खानाले  निन्द्रा आउदैन।

४. कीवी  – कीवी  निकै कम क्यालोरी हुने फल हो।  कीवी खानाले  पाचन प्रणाली  मजबूत हुन्छ।  यसले  शरीरबाट कोलेस्ट्रोल कम गर्छ।  स्टडीजको अनुसार  कीवी खानाले निन्द्रा आउँछ। त्यसैले जसलाई निन्द्रा आउदैन ति व्यक्तिले सुत्नुभन्दा अगाडी कीवी खादा निन्द्रा आउँछ। कीवीले  सेरोटोनिन हार्मोनलाई बढाउँछ।

५. क्यामोमाइल चिया – यो  चिया  एक लोकप्रिय हर्बल चिया हो, जसको धेरै फाईदा रहेको छ। यसले आफ्नो फ्लेवोन एंटीअक्सीडेंटको  रूपमा काम गर्छ। यसले  शरीरलाई क्यान्सर र मुटु रोग जस्ता बिरामीसँग लड्न मदत्त गर्छ। यो  चियाले  इम्यून सिस्टमलाई पनि बढाउछ र तनाव पनि कम गर्छ।

६. ओखर – ओखरमा  फाइबर बाहेक  १९ भन्दा बढी भिटामिन र मिनरल्स पाईन्छ। ओखरमा  भरपूर मात्रामा  म्याग्नेशियम, फस्फोरस र म्यान्गनीज पाईन्छ। यो बाहेक  ओमेगा ३ फ्याटी एसिड र लिनोलिक एसिड पनि पाईन्छ। यसले पाचन प्रक्रियालाई पनि ठिक गर्छ।  शोधमा पत्ता लागेको छ कि ओखरले निन्द्रा  लाग्छ।

७. सेतो चामल – प्राय  हामि सबैले सेतो चामलको नै खाना खाने गर्छौ । चामलमा सन्तुलित मात्रामा भिटामिन र मिनरल्स पाईन्छ। चामललाई  ग्लाइसेमिक इंडेक्स फूड मानिन्छ।  ग्लाइसेमिक इंडेक्स भएको  खाना खानाले  राम्रोसँग निन्द्रा आउँछ।  सुत्नुभन्दा एक घन्टा अगाडी खाना   खानाले निन्द्रा आउँछ।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७१४:११

चिसो पानीले मुख धुदा हुन्छ यस्तो फाइदा, जानिराखौ!