फ्याटबाट बच्न घरमै पाइने यी ३ चिज खानुहोस, हुनेछ सधै फिट!

स्वास्थ्यको ध्यान राख्नु निकै जरुरी हुन्छ ।  खराब लाइफस्टाइल र मोटोपनाको कारण बिरामी हुन सक्छौ। आफैलाई फिट राख्नको लागि एक्सरसाइज र योगाको साथ साथै डाइटमा पनि ध्यान राख्नु पर्नेछ। यदी तपाई पनि फिट रहन चाहनुहुन्छ भने डाइटमा तीन कुरा राख्नुहोला त्यो हो सातु , सखर  र मखाना।

सातु:

सातु स्वास्थ्यको लागि  वरदान मानिन्छ। सातु फाइबरले  भरपूर हुन्छ। यसैकारण यो पेटको लागि निकै फाईदादायक मानिन्छ। साथै पेटको गडबडीलाई ठिक गर्नको लागि मदत्त गर्छ। सातु खाएपछि तीन घन्टासम्म भोक लागेको महसुस हुदैन। त्यसैले यदी तपाई  वजन कम गर्न कोसिस गरिराख्नु भएको छ भने सातुले काम गर्न सक्छ।  यसमा  लो ग्लाईसेमिक इंडेक्स हुन्छ जसकारण यसले मधुमेहको  रोगीको लागि राम्रो हुन्छ। सातु मांशपेसीलाई बलियो पनि गर्छ। सातुले रगतलाई सफा पनि गर्छ। साथै कफ, पित्त, थकावट, भोक , प्यास र आँखाको बिरामीबाट राहत पनि दिन्छ।

मखाना:

मखाना एंटीअक्सीडेंटले भरपूर हुन्छ। साथै क्याल्सशियमले पनि  भरपूर हुन्छ। मखनामा  अनहेल्दी कोलेस्ट्रल निकै कम हुन्छ। यो सजिलै पच्छ र मुटु सम्बन्धि रोग पनि लाग्न  दिदैन।  कुनै अरु जंक खाने कुरा खान मनलाग्यो भन मखाना खानुहोला, किनकी यसले जे पाए त्यही खानबाट रोक्छ र वजन पनि बढ्दैन। राति सुत्नुभन्दा अगाडी  एक ग्लास दूधको साथसाथै  मखाना खानाले निन्द्रा पनि लाग्छ। साथै स्ट्रेस पनि कम हुन्छ। मांसपेसीलाई बलियो बनाउन निकै  लाभकारी रहको छ।

सखर:

सखरमा क्याल्सियमको साथै फस्फोरस पनि हुन्छ, जसले हड्डीलाई बलियो बनाउन सहयोग गर्छ। सधैँ सखरसँग एक टुक्रा अदुवा खायौ भने दुखाई कम हुन्छ। साथै सखर खानाले छालाको बिरामीबाट पनि छुटकारा मिल्छ। साथै यसले डन्डीफोर पनि आउन दिदैन। सखरले प्रतिरोधक क्षमतालाई पनि मजबूत बनाउँछ। सखरमा एन्टी  एलर्जिक गुण रहेको हुन्छ। जसकारण यसले आस्थमा रोगीलाई फाईदादायक हुन्छ। यदी गुलियो मनपर्छ भने चिनीले बनको मिठाईभन्दा सखरले बनेको मिठाई  खानुहोला।

प्रकाशित : आइतबार, असोज ०४, २०७७०७:५३

बिहे भएको १३ दिनमै पुनमले श्रीमानलाई लगाइन यस्तो ग-म्भीर आरोप!