टिकटक स्टारकी पत्नीले रुदै आफ्नै पतिको मृत्युको फेक भिडियो बनाएपछि…!

अहिले विभिन्न एपहरु मध्ये टिकटकको क्रेज निकै बढेको छ। नेपालमा अझ बढी यसको क्रेज  छ। भारतमा भने केहि समय अगाडी यो एप ब्याण्ड गरिएको थियो। तर पाकिस्तानमा भने यस चिनिया एप ले धमाका मच्चाएको छ । त्यहाँका मानिसहरु आफ्नो फलोअर्स बढाउनको लागि फरक-फरक उपाय अपनाइरहेका छन्। त्यस्तै एक कपालले पनि केहि यस्तो गरे जुन उनीहरुको लागि भारि पर्यो।

वास्तवमा फलोअर्स बढाउनको लागि एक महिलाले आफ्नो पति मरेको भन्दै एक भिडियो टिकटक अकाउन्टमा अपलोड गरिन। यसबाट उनको फलोअर्स त बढेन तर मानिसहरु उनलाई सहानुभूति दिनको लागि उनको घरमा जान थाले।

पति मरेको सूचना दिएको उक्त भिडियोको कारण थुप्रै मानिसहरु उनको घरमा पुगेपछि झुटको पर्दाफास भएको हो। त्यसपछि उनका फ्यानहरु भड्किएका थिए।  यस टिकटक स्टारको नाम आदिल राजपूत हो जो आफ्नो पत्नीको साथ टिकटक भिडियो बनाउने गर्थे। पाकिस्तानी मिडियाले भने यस जोडीको नाम सलिम राजपुत र फराह राजपुत बताएको छ। बताइएअनुसार आदीलको टिकटकमा २६ लाख फलोअर्स छ ।

स्थानीय मिडिया च्यानल जियो न्युजको अनुसार आदील राजपुतको एक्कासी निधन भएको खबर सुन्दा उनका फ्यानहरु अचम्मित भएका थिए। आदिल राजपूतको टिकटक अकाउन्टबाट नै उसकी पत्नीले भिडियो शेयर गरेकी थिइन्। जसमा उनले रुदै आफ्नो पति आदीलको मृ-त्यु भएको बताएकी थिइन्।

प्रकाशित : शनिबार, असोज ०३, २०७७१४:०२

फेसबुकमा आउने यस्ता ‘रिक्वेस्ट’ ले फसाउन सक्छ नराम्रो पासोमा!