सुशान्त सिंह राजपूतको मृत्यु केसमा फिल्म बन्दै!

बलिउड अभिनेता सुशांत सिंह राजपूत यस संसारबाट बिदा  भएको पनि धेरै भईसक्यो। यधपी अहिले पनि उनको मृत्युको रहस्य पत्ता लागेको छैन। एक तर्फ देशको तीन सबैभन्दा ठुलो जांच एजेन्सी-सीबीआई , एनसीबी र ईडी यस राजको  पर्दाफाश गर्न लामो समयदेखि लागिरहेका छन भने  दोस्रो तर्फ  सुशांतकी  बहिनीले सुशांतको कहानीमा आधारित फिल्म बन्ने घोषणा गरेकी छन्।

सुशांत सिंह राजपूत मृत्यु  केसमा आधारित  यस  फिल्मलाई प्रोड्यूस सरला सारागोई र राहुल शर्माले गर्नेछन्। यस  फिल्मको निर्देशनको जिम्मेदारी दिलीप गुलाटीले लिएका छन्। यसमा  सुशांत सिंह राजपूतको भूमिका अभिनेता जुबैर खानले निभाउनेछन्। फिल्ममा  रिया चक्रवर्तीको भूमिका श्रेया शुक्लाले गर्नेछिन्। श्रेया योभन्दा पहिला  एक वेब सीरीजमा देखिएकी थिइन्। फिल्ममा  दिशा सालियानको भूमिका  बिग बोस फेम एक्ट्रेस सोमी खानले गर्नेछिन्।

दिशाको भूमिका फिल्ममा ल्याउनाले फ्यानले अनुमान गरेका छन कि सुशांतको मृत्युको  केसलाई दिशा सालियानको मृत्युसँग जोड्ने कोसिस गरिएको छ। फिल्ममा शक्ति कपूर एकसिबीआई अफिसर रहनेछन्। जहाँसम्म फिल्मको  बाँकी भूमिकाको कुरा गर्दा यसमा  अरुण बक्शी सुशांतको पिताको भूमिका निभाउनेछन् र  अमन वर्मा एक ईडी अफिसरको रुपमा हुनेछन्। चर्चित अभिनेता असरानी र सुधा चंद्रन पनि यस फिल्ममा मुख्य भूमिकामा हुनेछन्।  फिल्मको  कास्ट र क्रू फाइनल भईसकेको छ।

प्रकाशित : शनिबार, असोज ०३, २०७७१४:३९

यसकारण सुशान्त सिंहसँग काम गर्न चाहदिनथिन परिणीति चोपडा!