सुहानामाथि रंगभेदको टिप्पणी भएपछि भावुक हुदै गौरीले लेखिन यस्तो पोस्ट!

बलिउडका  बादशाह  शाहरुख खानकी छोरी सुहाना अहिले चर्चामा छिन्।  उनले हालै रंगभेदलाई लिएर  सोशल मिडियामा  पोस्ट शेयर गरेकी छिन् । यसै बीच महिला सशक्तिकरणमा  शाहरुख खानको श्रीमती  गौरीको पनि सोशल मिडियामा  पोस्ट आएको छ। गौरी खान सोशल मीडियामा निकै सक्रिय रहन्छिन्। उनले बिहिबार आफ्नो आधिकारिक इंस्टाग्राम अकाउंटमा  महिला सशक्तिकरणसँग सम्बन्धित एक पोस्ट शेयर गरेकी थिइन्।

गौरी खानले यस पोस्टको साथै आधा अनुहारको तस्विर शेयर गरेकी छन्। त्यसमा उनले लेखिन् ,” म एक महिला हूं। रक्षक, म्यूज अर्थात पोज दिनु , घुम्नु , सपना देख्ने र सफल महिला हू। तपाई  केवल मेरो एक हिस्सा हेर्नुहोस, जुन मेरो भूमिकामा समावेश छ, मेरो आत्मामा हैन। यो सबै कुराले मलाई शक्ति मिल्छ। ति महिलाहरुलाई ट्याग गर्नुहोस जसले तपाईको आत्मालाई  प्रेरित गर्छ।  आफ्नै एक क्रप तस्विर शेयर गर्नुहोस, संदेश शेयर गर्नुहोस र  यस शक्तिलाई ग्लोबली क्रिएट गरौँ। ‘

आफ्नो एक  पोस्टमा  गौरी खानले  डिजाइनर मोनीषा जयसिंह, कोरियोग्राफर फराह खान, अभिनेत्री अनन्या पांडेको आमा  भावना पांडे, अभिनेत्री नीलम कोठारी र संजय कपूरको श्रीमतीसहित थुप्रै  सेलिब्रिटीलाई ट्याग गरेकी थिइन्।  सोशल मीडियामा  गौरी खानको यो  पोस्ट भाइरल भईरहेको छ। त्यस्तै रंगभेदको  टिप्पणी गर्नेहरुमाथि गौरी खानकी छोरी सुहाना खानले पनि पोस्ट लेखेर जवाफ दिएकी थिइन्।

प्रकाशित : आइतबार, असोज १८, २०७७१०:४९