रुबीनाले स्विकारिन श्रीमानसँग मनमुटावको कुरा, बताइन कसरी सुध्र्यो सम्बन्ध!

टिभीको रियल लाइफ जोडी रुबीना दिलैक र अभ‍िनव शुक्ला बिग बोस १४ मा पुगेका छन्।  रुबीना र अभ‍िनव आएर शोको रौनक बढिरहेको छ। शोमा दुवै अलग अलग  प्रतिस्पर्धी छन् तर दुवै श्रीमान श्रीमती एकअर्काको इमोशनल सपोर्ट पनि रहेको छ। बिग बोसको यस स्टार  कपलले लकडाउनमा एकअर्कासँग निकै समय बिताए। र यसबीच उनीहरुको सम्बन्धमा खटपट पनि भएको थियो। बिगबोसको प्रिमियरमा रुबिनाले अभिनवको साथ विवाहमा आएको दरारको कुरालाई स्वीकारेकी थिइन्। उनले भनिन कि लकडाउनको समयमा दुवैको सम्बन्ध राम्रो थिएन। उनीहरु बीच झगडा हुन्थ्यो। तर फेरी एक-अर्कासंग कुरा गरेर, सम्झाएर दुवैले झगडा सुल्झाउथे।  यधपी पछिल्लो समय रुबीना र अभ‍िनव मुम्बईमा ३ महिना बसे र पछि हिमाचल प्रदेशमा गए।

हिमाचल रुबीना दिलैकको  होमटाउन हो। यी कपलले यहाँ  पर‍िवारसंग समय बिताए, संगै बसेर काम पनि गरे। पहाडमा  ट्रेक‍िंग र त्यहाँको स्वच्छ सफा हावाको मज्जा लिए।  रुबीनाले  सोशल मीड‍ियामा र आउटडोर कुकिंग, गार्डेन‍िंग र  सेलिब्रेशन भिड‍ियोज शेयर गरेकी थिइन्। जहाँ  रुबीना ह‍िमाचलको हुन भने अभ‍िनव मूल रूपबाट  पंजाब हुन्।  उनलाई एंडभेंचर र खुलेर जिन्दगी जिउने शो थियो। रुबीनाको साथसाथै  अभ‍िनव थुप्रै  पटक  रोड ट्र‍िप्समा गईसकेका छन्। दुवैजनाले  लकडाउनभन्दा पहिला आफ्नो रोड ट्र‍िप स्टोरीज शेयर गरेका थिए।

बिग बोसमा  यस  स्टार कपल इन्ट्री पहिला गर्नुभन्दा पहिला रुबीना र अभिनव एक्ला-एक्लै जान तयार थिएनन।  रुबीनाले भनिन् , ” जबसम्म  बिग बोस चाहन्थे  कि हामी एक्लै शोमा जाउ तर क्राइटेरियामा हामि  फिट थिएनौ। पछि बिग बोसले दुवैजनालाई बोलाए  र भने कि हाम्रो डायमेंशन चेंज  भयो र हामीले सोच्यौ कि संगै जानको लागि।”

अभिनवले बताए कि उनी चाहन्थे कि शोमा रुबीना एकलै जाउन ताकी उनी आफुलाई  एक्सप्लोर गर्न सकुन। उनले भने कि ब‍िग बोसको  घरमा यति धेरै मान्छेबीच केहि सिकोस र स्ट्रेसमा कतिको  परफर्म गर्न सक्छिन्। जब रुबीनाले भनिन् कि हामी दुवै जना संगै जान्छौ र स्ट्रेस  शेयर गर्छौ।  रिपोर्ट्स अनुसार  रुबीना-अभिनवलाई ५ लाख रुपैँया दिईनेछ। साथै यी दुई  बिग बोस १४ मा कमसेकम ४० दिनसम्म बस्नेछन्। रील लाइफमा दुवैको राम्रै फ्यान रहेको छ भने बिग बोसमा आएर कति हुन्छ त्यो देख्न बाकि रहेको छ।

रुबीनाले  ‘छोटी बहू’ सीरियलबाट अभिनयमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनले शक्त‍ि अस्त‍ित्व के एहसास की, पुनर्व‍िवाह जस्ता  शोबाट पपुल्यारिटी बटुलिन्। रुबीनाई  बिग बोसमा  स्ट्रंग प्रतियोगी  रहेकी छन।  उनको अनुसार पहाडी मान्छे फिजिकली त  स्ट्रंग हुन्छन् साथै  मेंटली र इमोशनली पनि स्ट्रंग पनि हुन्छन्।

प्रकाशित : आइतबार, असोज १८, २०७७१३:१८

बलिउडका अभिनेत्रीभन्दा निकै हट र सुन्दर छन साउथका यी ५ नायिकाहरु!