‘लकडाउन चिलिन’-भन्दै प्रियंकाले आफ्नो बेबी बम्पलाई यसरी जुस खुवाएपछि…[तस्विर]

काठमाडौँ, बैशाख १९। केहि दिन पहिले सामाजिक सञ्जालमा आफु गर्भवती भएको खुलासा गरेकी अभिनेत्री प्रियंका कार्कीलाई धेरैले  ट्रोल बनाएका थिए ।  अहिले धेरैले यस कुरालाई नर्मल लिएका छन्। प्रियंकाले लकडाउनको सदुपयोग गरेकी छिन्। केहि दिनदेखि लगातार  प्रियंकाले आफ्नो प्रेग्नेंसीका तस्विर शेयर गर्दै आएकी छिन्।  त्यस्तै आइतबार पनि प्रियंकाले सामाजिक संजालमा एक तस्विर शेयर गरेकी छिन्। सार्वजनिक तस्विरमा प्रियंकाको बेबी बम्पमा मेकअप गरेर बच्चाको अनुहार बनाइएको छ। जसमा बच्चालाई जुस खुवाइएको छ र प्रियंका आफुले पनि जुस खादै पोज दिएकी छिन्।

प्रियंकाले तस्विर शेयर गर्दै लेखेकी छिन्, लकडाउन चिलिन-चिलिन, लकडाउन चिलिन। प्रियंकाको यस तस्विर पनि छोटो समयमै सामाजिक संजालमा भाइरल भएको छ।

उनले खुलासा गर्नु भन्दा पहिले नै उनले सामाजिक सञ्जालमा राखेका फोटो हेरेर उनि गर्भवती रहेको कुरा उनका फ्यानहरुले आकलन गरि सकेका थिए । धेरैले भनेका थिए कि उनि मोटाएकी हुन वा   गर्भवती भएकी हुन ।

प्रियंका बेला-बेलामा चर्चामा आइरहन्छिन। उनि पछिल्लो समय सामाजिक सञ्जाल  इन्टाग्राममा  निकै नै सक्रिय छिन् । उनको हाल इन्स्टामा १० लाख भन्दा बढी फलोअर्स छन्।  लामो समय देखि प्रियंका कुनै पनि काममा देखिएकी छैनन्  । उनि अहिले आफ्नै घरमा बसेर  गर्भाअवस्थाको मज्जा लिईरहेकी छिन् ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७८१६:३५

यसरी भएको थियो बिल गेट्स र मेलिंडाको लोभलाग्दो प्रेमको शुरुवात, धेरै थिए मेलिंडाको प्रेमी!