प्रियंका कार्कीको बेबी बम्प: चर्चा, आलोचना र सुझाव-[भाइरल तस्विर]

अभिनेत्री प्रियंका कार्कीले केहि दिनदेखि लगातार आफ्नो प्रेग्नेंसीका तस्विर शेयर गर्दै आएकी छिन्।  त्यस्तै आइतबार पनि प्रियंकाले सामाजिक संजालमा एक तस्विर शेयर गरेकी छिन्। सार्वजनिक तस्विरमा प्रियंकाको बेबी बम्पमा मेकअप गरेर बच्चाको अनुहार बनाइएको छ। जसमा बच्चालाई जुस खुवाइएको छ र प्रियंका आफुले पनि जुस खादै पोज दिएकी छिन्।

सामाजिक सञ्जालमा केही समय पहिला देखि नै उनी गर्भवती छिन् भन्ने विषयमा चर्चा चलेको थियो। उनका  सामाजिक सञ्जालमा पोस्ट गरेका  केहि तस्बिर बाट नै  फ्यानहरूले उनी गर्भवती भएको होकी भन्ने  अनुमान गरिसकेका थिए । साथै उनी केही समयदेखी  सामाजिक सञ्जाल तथा फिल्म क्षेत्रबाट पानी टाढा थिइन् ।

आइतबार उनले केहि फोटो पोष्ट गरेकी छिन् । जसमा उनले जुस खाइरहेकी छिन भने नाभीमा पनि स्ट्र राखेर जुस राखेकी छिन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । उनि  एक पछि अर्को गर्दै सामाजिक सञ्जाल इन्टाग्राममा तस्बिरहरु सार्वजनिक गरिरहेकी  छिन्  ।

अहिलेको समयमा उनको गाली तथा आलोचना गर्नेको  संख्या बढेको पाउन सकिन्छ  । उनको पछिल्लो तस्बिरबाट उनको धरै फ्यान आक्रोशित भएको देख्न  सकिन्छ । साथै उनका केहि फ्यानले भने उनको प्रशंशा  गर्दै यस्तो अवस्थामा  धेरै मेकअप प्रोडक्स प्रयोग नगर्न सुझाव दिएका छन्।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१२:१२

शाहरुखले आफ्नो बंगलालाई यसरी प्लाष्टिकले छोपे: कारण कोरोना होइन, यस्तो छ रहस्य!