तपाईलाइ थाहा नहुन सक्छ, सलमान खानले फिल्म ‘राधे’ को बारेमा गरे यस्तो निर्णय!

सुपरस्टार सलमान खानका फ्यानहरू उनको फिल्म ‘राधे को रिलीजको लागि आतुर छन्। अब सलमानले पनि आफ्नो फिल्मको बारेमा ठूलो घोषणा गरेका छन्।

बलिउड सुपरस्टार सलमान खान लामो समयदेखि आफ्नो आगामी फिल्मको बारेमा चर्चामा थिए। प्रशंसकहरु यस फिल्मको बारेमा धेरै उत्साहित छन्। अब यो प्रतिक्षाको घडीपनि चाँडै अन्त हुदैछ ।

सलमानले आइतवार घोषणा गरका छन कि उनको फिल्म राधे युएईमा रिलिज हुनेछ । फिल्म ईदको अवसरमा मे १३ मा विश्वव्यापी रूपमा रिलीज हुने कार्यक्रम छ।

युएईमा बस्ने आफ्ना फ्यानहरूका लागि सलमानले ट्विटरमा यस्तो लेखेका छन्, ”राधेको एडभान्स बुकिंग युएईको लागि सुरु भएको छ। सिनेमाघरमा भेटौंला। सुरक्षित रहनुहोस्।” सलमानले आफ्नो फिल्मको पोस्टर पनि ट्वीट गरेका छन्, जसमा उनी दिशा पटानीसँग देखिन्छन्। पोस्टरमा सलमान एक एक्शन अवतारमा देखिएका छन् ।

Image

प्रभु देवा निर्देशित फिल्म राधे धेरै अन्य देशहरूमा पनि ठूलो पर्दामा रिलीज हुने भएको छ, तर भारतमा कोरोना संक्रमणको बढ्दो घटनाका कारण हाल यो सिनेमाघरमा रिलीज हुने सम्भावना छैन। जे होस्, यो फिल्म मे १३ मा फिल्म हाल बाहेक डिजिटल प्रडाली मार्फत प्रदर्शन  गर्न सकिन्छ। यस फिल्ममा रणदीप हुड्डा र ज्याकी श्राफ जस्ता स्टारहरुलाइ पनि देख्न सकिन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८११:३४

नेहा कक्कडको गीत सुनेपछि गायक अनुले आफैलाई हाने थप्पड, कारण यस्तो!