अभिनेत्री करिना कपुरले सार्वजनिक गरिन आफ्नो कान्छो छोराको तस्बिर!

बलिउडको सफल तथा सुन्दर अभिनेत्री करीना कपूर खान केही समयअघि दोस्रो पटक आमा बनेकी हुन् । यस्तो अवस्थामा फ्यान तथा प्रशंसकहरू लामो समयदेखी उनको दोस्रो छोराको अनुहार हेर्न उत्साहित थिए।

केहि दिन पहिले करिनाले सामाजिक सञ्जालमार्फत उनको दोस्रो छोराको फोटो सार्वजनिक गरेकी थिइन्,जसमा छोराको अनुहार राम्रोसँग देखिएको थिएन । हालसालै करिनाले आमाको मुख हेर्ने दिनको अवसरमा  दोश्रो छोराको अनुहार देखिने तस्बिर समाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।

आइतवार करीनाले इन्स्टाग्राममा आफ्ना दुई छोराहरूको तस्वीर सर्वजनिक गर्दै आमाको मुखहेर्ने दिनको शुभकामना  दिएकी हुन् । तस्बिरमा तैमुर अलि खानले  उनको भाइलाइ काखमा राखेका छन् । तस्बिरमा करिनाको कान्छो छोराको अनुहार स्पस्ट  देखिएको भने छैन ।

सार्वजनिक गर्दै करिना क्याप्सनमा लेख्छिन्,”यी दुईले मलाई भोलिको  राम्रोको लागि आशा दिन्छन्। तपाईहरु सबैलाई मातृ दिवसको  शुभकामना । ” उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल भैरहेको छ। करीनाको छोराको  तस्बिर हेरेपछि  फ्यानहरु अत्यन्तै उत्साहित भएका छन्। उनका फ्यानहरु उनको दोश्रो छोराको नाम जान्न उत्साहित छन् ।

करीनाको वर्क फ्रन्टको बारेमा कुरा गर्दा  उनी आमिर खानसँग आगामी फिल्म ‘लाल सिंह चड्ढा’ लाई लिएर चर्चामा छिन्। यो फिल्म क्रिसमसको अवसरमा थिएटर्समा रिलीज हुन गइरहेको छ।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८०४:५४

जब वरुणले वास्तविक जीवनमै ‘भूत’को सामना गर्नुपर्‍यो, यस्तो भन्छन उक्त घटनाबारे!