लकडाउनमा नेहा कक्कड र रोहन प्रितको यस्तो रोमान्स, भाइरल भयो भिडियो!

भारतमा तिब्र रुपमा फैलिरहेको कोरोनाको कारण सबै कलाकारहरु आफ्नै घरमा बस्न बाध्य छन् ।  यसै क्रममा धरै कलाकारहरुले कोरोनाको कारण ज्यान गुमाई सकेका छन्।

पछिल्लो समयममा केही कलाकारहरु विदा मनाउन व्यस्त  छन् भने कोहि कोरोना संक्रमितहरुलाई सहयोग गर्न व्यस्त छ । यसै क्रममा बलिउडको चर्चित गायिका नेहा कक्कड र उनको श्रीमान फ्यानहरुलाइ मन भुलाउन तथा मनोरंजन दिनको लागी सामाजिक सञ्जालमा विभिन्न  पोस्ट गर्न व्यस्त  छन् ।

कोरोना भाइरसको कारण बिचलित बनेका फ्यानहरुलाइ मन भूलाउन र सान्त्वना दिनको लागि रमाइला पोस्ट गरिहेका छन् । उनीहरुले एक भिडियो पोस्ट गरेका छन्, जसमा उनीहरु दुइ जना खुबै रमाइलो गरेको देख्न सकिन्छ।

भिडियोमा नेहाको श्रीमान शिरमा हात राखेर बसिरहेका हुन्छन, त्यतिकैमा नेहा आएर सोध्छिन् के भयो भनेर, उनको श्रीमान भन्छन टाउको दुख्यो फेरी नेहा मजाक गर्दै सोध्छिन् कहा दुख्यो र दुबैजना हास्न थाल्छन । पछिल्लो समयमा यो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

प्रकाशित : शनिबार, जेठ ०१, २०७८१४:१०

एउटै केटिसँग ३५ दिनभित्र ४ पटक विवाह, ३ चोटी डिभोर्स, कसरी भयो यस्तो ?