मण्डपमै बेहुलीले सोधिन यस्तो प्रश्न, बेहुलाले उत्तर दिन नसक्दा टुट्यो विवाह!

तपाइले विवाह सम्बन्धि विभिन्न कुराहरु सुन्नु भएको होला  तर आज हामी तपाइलाई एक यस्तो अनौठो घटनाको बारेमा बताउछौ जुन सुनेर तपाइलाई  अनौठो लाग्ने छ ।

आजसम्म हामीले विवाह विभिन्न कारणले टुटेको सुनेका छौ तर भारतको महोबा, यूपी बेहुलीले विवाह मण्डपमै  बेहुलालाई सोधेको साधारण प्रश्नको उत्तर दिन नसक्दा विवाह टुटेको छ । बेहुला पक्ष जन्ती लिएर बेहुलीको घरमा पुगिसकेका थिए । त्यतिकैमा बरमालाको समयमा बेहुलाले गरेको अनौठो क्रियाकलापको कारण बेहुलीले बेहुलालाई एक प्रश्न  सोधिन् ।

यदि बेहुलाले उनको प्रश्नको जवाफ दिन सक्छ भने विवाह गर्छु नभए विवाह नगर्ने बताइन।  बेहुलीले बेहुलालाई दुइ एकान दुईको गुणन भन्न लगाउछिन्। सुरुमा  बेहुलाले प्रश्नै बुज्न सकेनन् र उनि यता उता हेर्न थाले। त्यसपछि उनको  वास्तविकता बेहुलीले थाहा पाइन् कि बेहुला  पढेलेखेका थिएनन् र यतिकैमा बेहुलीले विवाहको लागि अस्विकार गरिन् ।

बेहुलीले विवाह गर्न अस्विकार गर्नुको कारण यो हो कि उनलाई पहिले बताएका थिए कि बेहुला पढेलेखेका हुन्। तर विवाहको दिन मण्डपमा जब बेहुलाले २ को गुणन समेत भन्न सकेनन तब विवाह रोकिएको हो।

प्रकाशित : शनिबार, जेठ ०१, २०७८०४:५७

अभिनेत्री आँचल शर्मा विवाहपछि झनै बो-ल्ड हुदै, हेर्नुहोस् उनका तस्विरहरु!