निर्देशक सुबोधको निधनले स्तब्ध अभिनेता भुवन र अनमोल केसी: गरे यस्तो बाचा!

काठमाडौँ, बैशाख ३१ । कोरोना संक्रमणको कारण चलचित्र भारतीय निर्देशक सुबोध चोपडाको निधन भएको छ । ‘माइतीघर-२’ निर्देशनको तयारीमा रहेका चोपडाको शुक्रबार मुम्बईस्थित एक होटलमा  निधन भएको हो। उनको निधनको खबरपछि अभिनेता तथा निर्माता भुवन केसी र नायक अनमोल केसीले आफुहरु  स्तब्ध रहेको फेसबुकमा उल्लेख गरेका छन् ।

भुवन केसी लेख्छन्, ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । ‘माइतीघर २’ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो । तर, अचानक यस्तो दुःखद खबर सुन्दा विश्वास गर्न पनि सकिइरहेको छैन । ‘माइतीघर २’ उहाँको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गर्दछु । परिवारमा धैर्यधारण र सुबोधजीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”

साथै नायक अनमोलले पनि  दुखि हुदै लेखेका छन्, ‘निकै दुखद खबरले म स्तब्ध छु। मेरो आगामी प्रोजेक्ट ‘माइतीघर २’ का निर्देशक सर सुबोध चोपडा अब हामीमाझ रहनुभएन। मलाई अझै पनि तपाईको हसिलो अनुहार  र प्रतिभावान दिमाखलाई सम्झन्छु। यद्यपि तपाई हामीमाझ नरहे पनि तपाईको काम सदाको लागि अनन्त रहनेछ। हाम्रो टीम सुपर काजल फिल्मस  तपाइको सपनालाई पुरा गर्न सक्दो प्रयास गर्नेछौ र यसलाई वास्तविकतामा बदल्नेछौ। तपाईको आकस्मिक मृत्युको समाचारमा म ठूलो संवेदना व्यक्त गर्दछु। हार्दिक श्रदान्जली’

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८१२:०१

टप ७ बाटै बाहिरिए दोस्रोपटक अमेरिकन आइडलमा गएका दिवेश पोखरेल!