नायक अनमोल केसी यी युवतीसंग प्रेममा, भन्छन बार्बी गर्ल-(तस्विर सहित)

काठमाडौँ, जेठ २ । नेपाली फिल्म क्षेत्रका  स्टार अनमोल केसीको अभिनय तथा उनको लुक्सको लाखौ फ्यान रहेका छन्।  युवा पुस्ताको निकै लोकप्रिय उनि समय-समयमा चर्चामा आउने गर्छन। चलचित्र ‘होस्टेल’ बाट नेपाली सिनेमामा डेब्यु गरेका अनमोलको नाम थुप्रै नायिकासंग जोडिदै आएको छ ।

एक समय उनको प्रेम चलचित्र ‘जेरी’ की नायिका आना शर्मासँग रहेको बताइए पनि यी दुईले  प्रेम स्विकार गरेनन् । त्यसपछि अनमोलको नाम केहि नायिकासँग नाम जोडिए पनि उनले स्विकार भने गरेका छैनन् । तर हाल अनमोलको प्रेम फेशन मोडल आज्ञा करन्जितसँग जोडिएको छ। केहि समय अगाडी अनमोलको बर्थडेमा आज्ञाले अनमोलसँगको तस्वीर पोष्ट गरेर लेखेकी थिइन्, ‘तिम्रो ठूलो दिन जती विशेष छ, त्यती नै विशेष मेरो लागि तिमी छौ, अकु ।’

साथै अनमोल र  आज्ञा दुवैले एक-अर्काको केहि तस्विरमा  कमेन्ट र त्यसको रिप्लाई गर्दै प्रेम दर्शाएका छन्। अनमोलले इन्स्टाग्राममा सार्वजनिक गरेको यस तस्विरको  कमेन्टमा आज्ञाले ‘स्टार ब्वाई’ भनेर गरेको कमेन्टमा उनले आज्ञालाई ‘बार्बी गर्ल’ भनेर रिप्लाई दिएका  छन्।

अनमोलले आज्ञालाई आफ्नो साथी मात्र बताए पनि आज्ञाले भने अनमोलसँगको विभिन्न तस्वीर पोष्ट गर्दै प्रेमको चर्चालाई अझ बलियो पार्ने काम गरिरहेकी छिन् ।

आज्ञाले केही म्यूजिक भिडियो, विज्ञापन र छोटा चलचित्रमा काम गरेकी छिन्। साथै केहि समय अगाडी आज्ञाले आगामी चलचित्र ‘पारस’ मा काम गर्न लागेको चर्चा पनि चलेको थियो ।

प्रकाशित : आइतबार, जेठ ०२, २०७८०८:०७

आखिर किन तमिलको केटासँग बिहे गर्न चाहन्छिन रश्मिका? यस्तो छ रहस्य!